गृहपृष्ठ बम्जनको आश्रममा सीआईबीको छापा, बम्जनमाथि कडा निगरानी

बम्जनको आश्रममा सीआईबीको छापा, बम्जनमाथि कडा निगरानी

rambdr-bamjan-newskarobar

तपस्वी भनिएका रामबहादुर बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनको आश्रममा गएका अनुयायी बेपत्ता भएको खबर बाहिर आएपछि सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सिन्धुपाल्चोकस्थित बम्जनको आश्रमस्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

सीआईबीले अनुसन्धानको विषयमा थप जानकारी भने दिएको छैन । अनुसन्धानको प्रारम्भिक चरणमा रहेकाले थप जानकारी दिन नमिल्ने प्रवक्ता उमा चतुर्वेदीले बताए । सिन्धुपाल्चोकस्थित आश्रममा पुगेर स्थलगत अनुसन्धान गरिरहेका छौं, हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं, अहिले जानकारी दिने धेरै विषय छैन,’ उनले न्युज कारोबारसँग भने ।

बम्जनविरुद्ध बारा र मकवानपुरमा उजुरी परेको छ । बम्जन भने अहिले सिन्धुलीको आश्रममा छन् । उनलाई प्रहरीले चौबीसै घण्टा निगरानीमा राखेको छ । बम्जनको आश्रमबाट पाँचजना बेपत्ता भएको पीडित परिवारले बताएका छन् । बम्जनपीडित परिवार सबैले आश्रममा गएका आफन्तलाई बेपत्ता पारेको, यौनहिंसा गरेको तथा अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन् ।

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु