गृहपृष्ठ सुर्खेतमा झुन्डिएको अवस्थामा एक जोडीको शव फेला
सुर्खेतमा झुन्डिएको अवस्थामा एक जोडीको शव फेला
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ मा एक जोडीको झुन्डिएको अवस्थामा शव भेटिएको छ । पञ्चपुरी नगरपालिका–९ बस्ने लालबहादुर दमाईका छोरा वर्ष २१ का हस्त दमाई र सोही वडाका रामबहादुर दमाईकी छोरी वर्ष १९ की धनसरी दमाई झुन्डिएको अवस्थामा शनिबार मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार एक-दुई दिनअगाडि नै मरिसकेकाले लास सड्न थालेको थियो । प्रहरी कार्यालयलाई साढे ११ बजेमात्र जानकारी भएकोले घटनास्थललाई प्रहरीले सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल जाँदै छ ।
प्रकाशित समय ०८:२६ बजे

















