गृहपृष्ठ ओपोको स्मार्ट सेल्फी ए८३–२०१८ सार्वजनिक
ओपोको स्मार्ट सेल्फी ए८३–२०१८ सार्वजनिक
काठमाडौं ।
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३–२०१८ सार्वजनिक गरेको छ । ए ८३ २०१८ यसै बर्षको जनवरी महिनामा सार्वजनिक गरिएको लोकप्रिय ओपो ए८३को परिस्कृत भर्जन हो । तिब्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो ए ८३ २०१८मा कम्पनीले ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ ।
साथै, यूवा पुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध गरिएको छ । फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको ओपो ए८३ २०१८ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ । ३१८० एमएएच ब्याट्री जडान गरिएको ए ८३को मूल्य रु. २७,४९० निर्धारण गरिएको छ । सार्वजनिक गरिएको नयाँ फोन नेपालभर रहेका कम्पनीका विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको छ ।

ओपो ए८३ (४जीबी)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उत्पादन तथा तिनमा निहित प्रविधिमा निरन्तर सुधार ओपोका लागि सँधै प्राथमिकताको बिषय हो । हाम्रा उपभोक्ताका आवश्यकता तथा मागको सम्बोधनका लागि हामी निरन्तर प्रयासरत छौँ । जनवरीमा सार्वजनिक ओपो ए८३को परिस्कृत भर्जन ए८३ २०१८ मार्फत हामी किफायती बजेटमा स्मार्ट सेल्फी तथा शार्प परफरमेन्स चाहने उपभोक्ताका माग सम्बोधन गर्नमा समर्थ हुन्छौँ भन्ने अपेक्षा लिएका छौँ ।’
ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ । फोनमा जडित ४ जीबी ¥यामले तिब्र कार्य क्षमता प्रदर्शित गर्छ साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेषगरी यूवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउँछ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ ।
एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल शेयरिङका लागि उपलब्ध गरिएको ओ(शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ ।
ए८३को आकार जम्मा ५.७ ईञ्च छ । पछिल्लो मोडलका तुलनामा यसलाई एक प्रमुख सुधारका रुपमा लिन सकिन्छ । अधिकांश कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराउँदै आएको फुल स्क्रिनको मज्जा यसको साथमा एण्ट्रि लेभल फोनमै पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ ।
सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधापनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन अनलक गर्नु पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।
प्रकाशित समय ०९:४६ बजे

















