गृहपृष्ठ खाना खाएको आधा पैसा नतिरेको भन्दै पत्नीविरुद्ध पतिले दिए प्रहरीमा उजुरी
खाना खाएको आधा पैसा नतिरेको भन्दै पत्नीविरुद्ध पतिले दिए प्रहरीमा उजुरी
नेपालमा होटलमा खानाखाजा खाँदा साथीभाइको पैसासमेत आफैंले तिर्ने चलन छ । श्रीमान श्रीमतीबीच त कसले तिर्ने भन्ने प्रश्नै उठ्दैन । तर, केही देशमा पतिपत्नीबीचको सम्बन्ध नै यति प्राविधिक भइसक्यो, जहाँ हरेक कुरामा हिसाबकिताब खोजिन्छ ।
अस्ट्रेलियाको कास्टवुड क्षेत्रमा यस्तै भयो । एक दम्पतीले कास्टवुड क्षेत्रको रेल्वे स्ट्रिटमा रहेको एक रेस्टुराँमा बसेर प्रेमपूर्वक खाना खाए । खाना खाइसकेपछि पतिले पत्नीलाई आधा बिल तिर्न भने । पत्नीले मानिनन् ।
पत्नीले बिलमा उठेको आधा पैसा दिन नमानेपछि झगडा सुरू भयो । झगडा बढ्दै गयो । रेस्टुराँभरिका मानिसले उनीहरूलाई हेर्न थाले । रिसाएका पतिले केही सोच्दै नसोची प्रहरी बोलाए ।
पतिपत्नीका बीच रेस्टुराँको बिल तिर्ने विषयमा झगडा हुँदा पुलिस बोलाउनु मुर्खतासिवाय केही होइन । प्रहरीले पनि रेस्टुराँ पुगेर यस्तो सानो झगडाका लागि प्रहरीलाई बोलाउनु ठीक नभएको बतायो र फर्कियो । बिल कसले तिर्यो भन्ने चाहिँ खुलाइएको छैन ।
(एजेन्सी)
प्रकाशित समय १८:३९ बजे

















