गृहपृष्ठ माैसममा खराबीका कारण दिल्लीमा अवतरण नगरेरै फर्कियो निगमको एयरबस

माैसममा खराबीका कारण दिल्लीमा अवतरण नगरेरै फर्कियो निगमको एयरबस

इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० अवतरण नगरेरै काठमाडौँ फर्किएको छ ।

हावाहुरी र आँधीका कारण बिहीबार दिल्ली विमानस्थलमा अवतरण नगरी काठमाडाैं फर्किएको निगमले जनाएकाे छ । बिहीबार बेलुकी अन्य धेरै उडानहरू दिल्लीमा अवतरण हुन नसकेर अन्य गन्तव्यमा फर्किएकाे बताइएकाे छ ।

नेपाल एयरलाइन्सकाे २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौँबाट उडेको थियो । साे विमान बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गरेकाे थियाे । दिल्ली पुग्न १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ ।

दिल्ली विमानस्थलकाे आकाशमा एक घण्टा भन्दा बढी समय होल्ड गर्नुपर्ने भनिएपछि विमान सिधै काठमाडौँ फर्किएको हो । साे उडानमा क्याप्टेन पीआर भण्डारी र एसके ढेवाजु थिए ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु