गृहपृष्ठ भेनेजुएला प्रकरण : संसदमा प्रधानमन्त्रीको जवाफ माग

भेनेजुएला प्रकरण : संसदमा प्रधानमन्त्रीको जवाफ माग

samsad_meeting

भेनेजुएला प्रकरणका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको जवाफ माग गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

भेनेजुएलामा जारी राजनीतिक संकटका सम्बन्धमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यलाई लिएर सो सम्बन्धमा अमेरिकाले नेपालको आधिकारिक धारणा माग गरेको थियो । त्यसलगत्तै परराष्ट्र मन्त्रालयले पनि सो सम्बन्धमा वक्तव्य जारी गर्यो ।

अर्कातर्फ सरकापरले घुमाउरो रूपमा प्रचण्डको वक्तव्यलाई बल पुग्नेगरी वक्तव्य निकालेको टिप्पणी हुँदै आएको थियो । यो प्रकरणले नेपाल-अमेरिका सम्बन्धमा चिसोपन आउन सक्ने कतिपयको अनुमान छ । सोही प्रकरणमा प्रतिपक्षीले शुक्रबारको बैठकमा प्रधानमन्त्रीको धारण माग गरेका हुन् ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले भेनेजुएला प्रकरणका सम्बन्धमा सरकारले जारी गरेको विज्ञप्तीमा सरकारको धारणा माग गरेकी हुन् । ‘अमेरिकालाई चिढ्याउँदै कहिले पनि सम्बन्ध नभएको राष्ट्रको पक्षमा वक्तव्यबाजी गरेर सरकार किन लाग्दैछ ? अमेरिकाले नेपाललाई धेरै ठूलो धनराशी सहयोग गर्दै थियो । यो रोक्ने षड्यन्त्र हो ?’ संग्रौलाले शुक्रबारको संसद बैठकमा भनिन्, ‘अध्यक्षले वक्तव्य जारी गर्ने अनि प्रधानमन्त्रीले अध्यक्षको टंग सिल्प भयो भनेर माफी माग्ने ! वक्तव्यमाथि वक्तव्यले मुलुक संकटतर्फ गएको छ । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु