गृहपृष्ठ बलात्कारको अभियोग लागेका वडाध्यक्ष कुमाल थुनामा
बलात्कारको अभियोग लागेका वडाध्यक्ष कुमाल थुनामा
बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का अध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२, जंगलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेशअनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको हो । (रासस)
प्रकाशित समय १०:१८ बजे

















