गृहपृष्ठ वैदेशिक रोजगारीबाट घर फर्कनेको सामान जफत हुनु दुःखद् : एनआरएनए

वैदेशिक रोजगारीबाट घर फर्कनेको सामान जफत हुनु दुःखद् : एनआरएनए

nrn-newskarobar

गैर आवासीय नेपाली संघ (एनआरएनए )ले वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएकोमा आपत्ति जनाएको छ ।

संघका प्रवक्ता भूषण घिमिरेले बिहीवार विज्ञप्ति जारी गर्दै लाखौं नेपालीले पसिना बगाई कमाएर खरिद गरेका सामान जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति मात्रै नभई भावनामा पनि ठेस पुगेको जनाएका छन् ।

विज्ञप्तिमा ‘विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिरहेको पछिल्लो घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोे छ’ उल्लेख गरिएको छ ।

रेमिट्यान्स मार्फत मुलुककै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीप्रति समेत नकारात्मक भावना उत्पन्न भएको एनआरएनएको बुझाइ छ ।

झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु एनआरएनएले सुझाव दिएको छ ।

प्रकाशित समय ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु