गृहपृष्ठ निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न आग्रह

निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न आग्रह

election-commission-nirbachan-aayog

निर्वाचन आयोगले निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यस्तो बताएका हुन् ।

उनले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् । विदेशमा रहेका मतदाताहरुलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । उनले निर्वाचन सम्पन्न गराउने कामलाई अझै व्यवस्थित बनाउने गरी निर्वाचनको लागि आवश्यक कानुन, ऐन र प्रविधिमा सुधार ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।

तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका मतदाताहरुलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन भएको दिनको स्मरण गर्दै विगत ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु