गृहपृष्ठ रेणु दाहालले अनियमितता गरेको उपप्रमुख शाहको आरोप

रेणु दाहालले अनियमितता गरेको उपप्रमुख शाहको आरोप

कांग्रेसले आफ्नै खुट्टामा आफैं बन्चरो हान्यो

चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहबीचको विवाद चुलिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपप्रमुख शाहले प्रमुख दाहालले आर्थिक अनियमितता गरेको आरोप लगाएपछि विवाद चुलिएको हो । महानगरको नीति निर्माणका क्रममा प्रमुखले बाइपास गरेको उनले आरोप लगाइन् ।

दुई वर्षसम्म पनि लेखा समिति र जिन्सी समिति गठन नभएको बताउँदै उनले महानगरपालिकामा अनियमितता बढेको बताइन् । नेकपाका जिल्लास्तरीय नेताले आफूलाई धम्की दिएकाले असुरक्षित रहेको समेत उपप्रमुख शाहले बताइन् ।

उपप्रमुख शाहले स्थानीय तहको निर्वाचनमा दाहाललाई जिताएर कांग्रेसले आफ्नै खुट्टामा आफैं बन्चरो हानेको बताइन् । शाहले १२ बुँदे लिखित असहमति समेत सार्वजनिक गरेकी छिन् ।स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनबाट प्रमुखमा दाहाल उपप्रमुखमा शाह विजयी भएका थिए ।

प्रकाशित समय ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु