गृहपृष्ठ ऊर्जा मन्त्री वर्षमान पुन अस्पताल भर्ना

ऊर्जा मन्त्री वर्षमान पुन अस्पताल भर्ना

फाइल तस्बिर

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अस्वस्थ भएपछि बिहीबार साँझ नर्भिक अस्पताल भर्ना भएका छन् ।

बिहीबार दिउँसो मन्त्री पुनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । उपचारका लागि नर्भिक अस्पताल लगिएको पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

अस्पतालका डाक्टर यादव भट्टसहितको चिकित्सकको टोलीले मन्त्री पुनको उपचार गरिरहेको छ । उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नर्भिक अस्पताल पुग्नु हिजो साँझ अस्पताल पुगेका थिए ।

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु