गृहपृष्ठ तनहुँमा बस र कार ठोक्किँयो, एकको मृत्यु, दुई जना घाइते
तनहुँमा बस र कार ठोक्किँयो, एकको मृत्यु, दुई जना घाइते
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास–१ बुल्दीपुल नजिकै गएराति बस र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
बाग्लुङबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ७ ख २८४४ नम्बरको बस र डुम्रेबाट दमौली आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका थिए । घाइतेमध्ये पोखरा महानगर– १० का ५६ वर्षीय निल सुनारको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गम्भीर घाइते भएका व्यास २, कालिका मार्गका २८ वर्षीय सुन्दर गुरुङ र कार चालक पोखरा १० का ३५ वर्षीय सुनिल गुरुङको उपचार भइरहेको छ । मृतक र घाइते सबै कारमा सवार थिए ।
प्रकाशित समय ११:१२ बजे

















