गृहपृष्ठ प्रदेश दुईमा मन्त्री र कर्मचारीले रोपे धान
प्रदेश दुईमा मन्त्री र कर्मचारीले रोपे धान
प्रदेश दुईमा पनि रोपाइँ गरी धान दिवस मनाइएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा आयोजित रोपाइँमा प्रदेशका मन्त्रीदेखि कर्मचारीसम्म सहभागी भए । रोपाइँमा प्रदेश दुईका आर्थिक मामिला मन्त्री विजयकुमार यादव, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, निति आयोगका सदस्य सुरेन्द्र झा, कृषि विकास निर्देशनालयका निमित्त प्रमुख ओमप्रकाश बैराजीलगायत नेता र कर्मचारी सामेल थिए ।
गाउँमा आएर मन्त्री र नेता हिलोमा पस्दा स्थानीयसमेत हौसिएका थिए ।
प्रकाशित समय १७:२८ बजे


















