गृहपृष्ठ ३७ करोडभन्दा बढीको कारोबार
३७ करोडभन्दा बढीको कारोबार
गुल्मी – गुल्मी भएको रिडी मेलामा यस पटक ३७ करोडको कारोवार भएको छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको मेलामा राखिएका पा“च सय भन्दा बढी स्टलबाट कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताए ।
यस मेलामा घरेलु सामग्रीको व्यापारप्रति आकर्षण बढ्नुका बिक्री पनि बढेपछि विगत वर्षका मेलाको तुलनामा यस पटकको मेलाबाट व्यवसायी पनि थप उत्साही बनेका छन् । मेलामा पूर्वी रुकुमदेखि व्यापारी काम्ला र राडी, पाखी, ओखरका घाँजी र बास र काठबाट निर्मित सामग्री बिक्री गर्न रिडी मेला आउने गर्दछन् ।
रिडी मेलामा व्यापार गर्नका लागि भनेर बर्षेनी रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाबाट पाँचदेखि सात दिनसम्मको पैदल यात्रा गरी उनीहरु गुल्मीको रिडी आइपुग्ने गर्दछन् ।
पछिल्ला वर्षमा स्थानीय युवा क्लबले तीनदिने मेलालाई बढाएर पाँचदिने बनाएका छन् । यो पटक सञ्चालन भएको मेलाको कारोबार हेर्दा व्यापारीलाई उत्साहित बनाउनाका अतिरिक्त आयोजकलाई समेत थप उत्साहित बनाएको क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो ।
प्रकाशित समय ०३:०८ बजे