गृहपृष्ठ प्रादेशिक व्यापार तथा कृषि मेला हुने
प्रादेशिक व्यापार तथा कृषि मेला हुने
धनकुटा, फागुन १० । नेपाल एकीकृत व्यापार मेलामा १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको छ ।
उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलन गरी आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेला बारे जानकारी दिदै विशेष आकर्षणका रुपमा १५० स्टल रहने बताए ।
चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनारा रहेको छ । एकसय स्टल अग्रिम बुकिङ भइसकेको स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले बताए ।
नेपाल एकीकृत व्यापार रणनीति ९एनटिआइएस० मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ । विभिन्न जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकार समेत प्रदर्शनीमा राखिने छ । मेलालाई थप रोचन बनाउन स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउ द्यानसमेत रहने मूल आयोजक समिति धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताएको छ ।
कृषि मेला अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने एवं तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ । सञ्चालन गर्न ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघले यसभन्दा अघि २०६५, २०६८ र २०७१ सालमा पनि महोत्सवको आयोजना गरेको थियो ।
व्यापार मेला तथा महोत्सवको मुख्य आकर्षणका रुपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ९एनटिआइएस० समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ वटा कृषिजन्य वस्तु र पूर्वाञ्चलका १४ वटा जिल्लाका उत्कृष्ट उद्योगबाट उत्पादित वस्तुका स्टल रहनेछन् ।
जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति लगायत दर्जन भन्दा बढी संघसंस्था सहयोगीका रुपमा छन् भने धनकुटाको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, धनकुटा नगरपालिका विशेष सहयोगीका रुपमा रहने आयोजक समितिले जनाएको छ ।
प्रकाशित समय ०३:३४ बजे