गृहपृष्ठ उखुको मूल्य निर्धारण

उखुको मूल्य निर्धारण

नवलपरासी, ७ पुस ःसरकारले उखुको मूल्य निर्धारण नगर्दा नवलपरासीका किसान मर्कामा परेका छन् । उखुयाम शुरु भइसक्दा पनि सम्वधित निकाएको ध्यान नजार्दा मुल्य निर्धारण गर्ने ढिलो भएको हो । गत वर्षको तुलनामा यस वर्ष उखु उत्पादनमा कमि आएको छ । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विटल ५६२ मुल्य तोक्नु पर्ने उखु उत्पादक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । गत वर्ष प्रतिक्विटल ५३१ रुपैया“ २० पैसा थियो । चिनी उद्योगले समेत उखु खरिद गरेको एक वर्षपछि रकम भुक्तानी दिने हु“दा किसान थप मर्कामा परेका छन्

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु