गृहपृष्ठ भारतले ८ वर्षअघि नियन्त्रणमा लिएका दुई नेपाली अझै बेपत्ता

भारतले ८ वर्षअघि नियन्त्रणमा लिएका दुई नेपाली अझै बेपत्ता

प्रशासन कार्यालय भन्छ– भारतीय प्रहरीसँग जानकारी माग्दैछौँ

जंगलमा घाँस दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षअघि भारतीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।

उनिहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । गुलरिया नगरपालिका–८ का राममिलन लोध २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता बनाएको उनिहरुको परिवारको गुनासो भएपनि प्रशासनले भने खोजीमा गम्भीर्यता देखाएको छैन ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङलाई यो बारेमा जानकारी माग्दा भन्छन्, ‘यसबारेमा भारतीय प्रहरीसँग जानकारी माग्दैछौँ ।’ जंगलमा घास लिन गएका लोधसहित अन्य नेपाली पनि भारतीय वन समयमाता मन्दिर पुगेका थिए । जंगलमा नेपाली देखेपछि भारतीय वनरक्षकले गोली चलाएको उनिहरुको परिवारको भनाइ छ । गोलीले घाइते भएका लोधलाई भारतीय प्रहरीले मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म बेपत्ता पारेको लोधकी श्रीमती पार्वतीले बताइन् ।

विसं २०६७ फागुन ५ मा नै बढैयाताल गाउँपालिका जमुनीका हर्कबहादुर शाही पनि भारतीय सुरक्षाकर्मीद्वारा बेपत्ता पारिए । वन तस्करी गरेको भन्दै उनीमाथि पनि गोलि हानिएको थियो । घाइते बनेका उनलाई पनि भारतीय प्रहरीले बेपत्ता पारेको परिवारको गुनासो छ । आठ वर्षदेखि उनिहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

लोधसँगै गोली लागेर सँगै घास दाउरा लिगन गएका राधेश्याम लोध पनि घाइते भएको र दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताइन् ।

घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत लगेको परिवारको भनाइ छ । वनरक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको बताएका थिए । घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोज्दा फेला पार्न नसकिएको आफन्तको भनाइ छ ।

पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालय र विभिन्न सरोकारवला निकायमा अवस्था सार्वजनिक गर्न माग गर्दै आए पनि उनिहरुले भने गम्भीरता देखाएका छैनन् । बेपत्ता दुईको सरकारले नै कुटनीतिक च्यानलमार्फत खोजी गर्नुपर्ने देखिएको छ ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु