गृहपृष्ठ ‘हामीले चाहेको गतिमा काम हुन सकेन, तीव्र विकासमा ध्यान केन्द्रित गरौं’

‘हामीले चाहेको गतिमा काम हुन सकेन, तीव्र विकासमा ध्यान केन्द्रित गरौं’

मुलुकलाई अहिले विकास आवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लक्ष्यअनुसार विकास निर्माण कार्यले तीव्रता पाउन नसकेको बताएका छन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकमा उनले विकासको गति सुस्त भएको भन्दै मन्त्रीहरूसँग असन्तुष्टि व्यक्त गरे ।

उनले मुलुकलाई अहिले तीव्र विकास आवश्यक रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न मन्त्री, सचिव तथा आयोजना प्रमुखहरूलाई निर्देशन दिए । उनले भने, ‘हामीलाई तीव्र विकास चाहिएको छ, अब सबैले यसमा ध्यान दिनुपर्छ ।’

केही राम्रा काम पनि भए पनि समग्रमा सन्तोष गर्ने ठाउँ नभएकाे प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘पुँजीगत खर्च अत्यन्त कम भयो, वैदेशिक लगानीका आयोजना पनि ढिला भए । आयोजना जति ढिलो भयो, प्रतिफल पनि ढिलै प्राप्त हुन्छ,’ उनले असन्तुष्टि पोखे ।

त्यसलगत्तै उनी आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै बैठकबाट बाहिरिएका थिए । ‘मेरो स्वास्थ्यमा केही समस्या आएकोले म अब बैठकबाट बाहिरिन्छु । अब बैठक आयोगको उपाध्यक्षज्यूको अध्यक्षतामा सञ्चालन हुनेछ र बैठकमा उठेका विषयमा उपप्रधामन्त्री ईश्वर पोखरेलले जवाफ दिनुहुनेछ,’ उनले भने ।

 

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु