गृहपृष्ठ भारत विरोधी प्रदर्शनले तात्यो काठमाडौं (१३ तस्बिर)

भारत विरोधी प्रदर्शनले तात्यो काठमाडौं (१३ तस्बिर)

भारतले नेपाली भूभाग लिपुलेक र कालापानी क्षेत्र हुँदै चीनको तिब्बतस्थित मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालमा चाैतर्फी विरोध भइरहेको छ । संसदमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूले भारतीय कदमको विरोध गर्दै समस्या समाधानका लागि नेपाल सरकारले तदरूकता देखाउनु पर्ने आवाज उठाइरहेका छन् । काठमाडौंका सडकमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाएका छन् ।

यसै क्रममा सोमबार पनि नेपाल विद्यार्थी संघ लगायतका विभिन्न संघ-संगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । दर्जनाैंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरूले ‘लिपुलेक हाम्रै हो’, ‘कालापानी फिर्ता गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘केपी ओली राजीनामा दे’ लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा पूर्व विशिष्ट कर्मचारी, सुरक्षा निकायका पूर्व उच्च अधिकृत, सामाजिक अगुवा लगायत सर्वसाधारणसमेत सहभागी थिए ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु