गृहपृष्ठ ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरमा सुरु
‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरमा सुरु

दुई दिने १२औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरको नमस्कार होटलमा सोमबारदेखि सुरु भएको छ । सेप इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा मेला सुरु भएको हो ।
मेलामा भारतका विभिन्न स्थानका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागिता छ । प्रत्येक वर्ष सेप इभेन्ट एन्ड मिडियाको आयोजनामा भारत तथा भारतबाहिर र नेपालमा १९ स्थानमा शैक्षिक मेला हुँदै आएको निर्देशक सञ्जय थापाले जानकारी दिए । ‘काठमाडौंपछि विराटनगरमा भारतीय शैक्षिक मेला भएकोे हो,’ उनले भने, ‘पहिलो दिन मेलामा विद्यार्थीको चाप उल्लेख्य छ ।’
पहिलो दिन विराटनगरसहित, इटहरी, धरान र इनरुवाका विद्यार्थी मेलामा आएर कलेजबारे जानकारी लिएका छन् । पहिलो दिन पाँच सय विद्यार्थी शैक्षिक मेलामा आएको आयोजकले जनाएको छ ।
मेलामा भारतको कोलकाता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतका विभिन्न प्रान्तमा रहेका नाम चलेका कलेजको सहभागिता छ । दुई दिनसम्म हुने मेलाको एक हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ ।
प्रकाशित समय २१:१९ बजे