गृहपृष्ठ ३३ लाख व्यक्तिमा सर्यो कोरोना भाइरस, एकै दिनमा ८६ हजार नयाँ संक्रमित
३३ लाख व्यक्तिमा सर्यो कोरोना भाइरस, एकै दिनमा ८६ हजार नयाँ संक्रमित
अमेरिकामा ज्यान गुमाउनेको संख्या ६३ हजार ८५६ पुग्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ३३ लाख बढी संक्रमित देखिएका छन् । शुक्रबार बिहानसम्म भाइरस संक्रमितको संख्या ३३ लाख चार हजार ३७ जना व्यक्ति संक्रमित फेला परेका हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार गएको २४ घण्टाभित्रै ८६ हजार ३७ जना नयाँ संक्रमित देखा परेका छन् भने पाँच हजार ८०१ जनाको ज्यान गएको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर दुई लाख ३३ हजार ८३० जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म १० लाख ३९ हजार ५५ जनाको सफल उपचार भइसकेको छ भने संक्रमितमध्ये २० लाख ३१ हजार ३३५ जना उपचाररत रहेका छन् । त्यसमा पनि ५० हजार ९५६ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकाले आफ्ना नागरिक गुमाएको छ । अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ६३ हजार ८५६ पुगेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा दुई हजार २०१ जनाको मृत्यु भएको छ भने ३० हजार ८२९ जनामा नयाँ संक्रमण देखिएको छ ।
अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख ९५ हजार २३ जनामा संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितमध्ये एक लाख ५२ हजार ३२४ जनाको सफल उपचार भइसकेको छ भने आठ लाख ७८ हजार ८४३ जनाको उपचार भइरहेको छ । त्यसमा पनि १५ हजार २२६ जनाको अवस्था गम्भीर देखिएको छ ।
प्रकाशित समय ०७:३३ बजे

















