गृहपृष्ठ कोरोना संक्रमित १० लाख ८० हजार व्यक्तिको सफल उपचार

कोरोना संक्रमित १० लाख ८० हजार व्यक्तिको सफल उपचार

एकै दिनमा पाँच हजार ६१९ को ज्यान गयो, ९४ हजार ५३७ जना नयाँ संक्रमित

सांकेतिक तस्बिर

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उपचाररत १० लाख ८० हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । शनिवार बिहानसम्म कोरोना संक्रमित १० लाख ८० हजार १०१ जनाको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म ३३ लाख ९८ हजार ४५८ जना कुल संक्रमितमध्ये २० लाख ७८ हजार ९१४ जना उपचाररत छन् । तीमध्ये पनि ५१ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ३९ हजार ४४३ पुगेको छ गएको २४ घण्टाभित्रै पाँच हजार ६१९ जनाको ज्यान गएको छ भने ९४ हजार ५३७ जनामा नयाँ संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी अमेरिकामा ६५ हजार ७४८ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार ८९२ जनाको ज्यान गएको छ भने ३५ हजार ९९२ जना नयाँ संक्रमित देखिएका छन् । अहिलेसम्म अमेरिकामा ११ लाख ३१ हजार १५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ९ लाख तीन हजार ७०४ जना उपचारत छन् भने १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै एक लाख ६१ हजार ५६३ जनाको सफल उपचार भएको छ ।

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु