गृहपृष्ठ कोरोना संक्रमित २१ लाख जनाको उपचार हुँदै, ५१ हजारको अवस्था चिन्ताजनक

कोरोना संक्रमित २१ लाख जनाको उपचार हुँदै, ५१ हजारको अवस्था चिन्ताजनक

एकै दिन थपिए ८२ हजार ३५८ जना नयाँ संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित २१ लाखभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ । आइतबार बिहानसम्म विश्वभर २१ लाख २७ हजार ७७८ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

आइतबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ३४ लाख ८० हजार ४५२ पुगे पनि ११ लाख आठ हजार ६५ जनाको सफल उपचार भइसकेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर ८२ हजार ३५८ जना नयाँ संक्रमित थपिएका छन् भने पाँच हजार १६१ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ४४ हजार ६०९ पुगेको छ । उपचाररत २१ लाखमध्ये ५० हजार ८६१ जनाको अवस्था चिन्ताजनक भएको स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर सबैभन्दा बढी कोरोनाले प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ६७ हजार नाघेको छ भने ११ लाखभन्दा बढी संक्रमित देखिएका छन् ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार स्पेनमा २५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने दुई लाख ४५ हजारभन्दा बढी संक्रमित देखिएका छन् । त्यस्तै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ भने दुई लाख नौ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

फ्रान्समा कोरोना भाइरसका कारण २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने एक लाख ६८ हजार जनामा संक्रमण देखिएको छ । त्यस्तै यूकेमा एक लाख ८२ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ भने २८ हजार १२१ जनाको गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु