गृहपृष्ठ कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघ्यो, एकै दिनमा ८१ हजार थपिए

कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघ्यो, एकै दिनमा ८१ हजार थपिए

विश्वभर दुई लाख ४८ हजार ११६ जनाको मृत्यु, अमेरिकामा साढे ६८ हजारले ज्यान गुमाए

विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ । गएको २४ घण्टामै ८१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या बढेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख ६२ हजार ७५९ पुगेको छ । गएको २४ घण्टामा मात्रै ८१ हजार ३३० जना नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या पनि दुई लाख ४८ हजार नाघेको छ । एकै दिन तीन हजार ४५१ पुगेपछि मृतकको संख्या दुई लाख ४८ हजारभन्दा बढी पुगेको हो ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार विश्वभरका संक्रमितमध्येमा ११ लाख ५३ हजार ७१ जनाको सफल उपचार सफल भएको छ भने २१ लाख ६१ हजार ५७२ जना उपचाररत छन् । तीमध्ये पनि ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी फैलिएको अमेरिकामा भने मृतकको संख्या घट्दै गएको देखिन्छ । दैनिक तीन हजार जनाको मृत्यु हुँदै आएको अमेरिकामा अहिले ज्यान गुमाउनेको संख्या एक हजारको हाराहारीमा पुग्ने गरेको छ । गएको २४ घण्टामा मात्रै एक हजार १३७ जनाको ज्यान गएको छ भने २६ हजार ७३६ जनामा नयाँ संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ६८ हजार ५८१ पुगेको छ भने ११ लाख ८७ हजार ५१० जनामा संक्रमण फैलिएको छ । संक्रमितमध्ये एक लाख ७८ हजार २६३ जनाको सफल उपचार भइसकेको छ भने ९ लाख ४० हजारभन्दा बढी उपचाररत छन् ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु