गृहपृष्ठ कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५८ हजार नाघ्यो, ३७ लाख साढे २४ हजार संक्रमित

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५८ हजार नाघ्यो, ३७ लाख साढे २४ हजार संक्रमित

अमेरिकामा एकै दिन साढे २३ सयको मृत्यु, संक्रमितको संख्या १२ लाख ३७ हजार नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ५८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ७८७ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या दुई लाख ५८ हजार २७ पुगेको हो ।

बुधबार बिहानसम्म विश्वभर ३७ लाख २४ हजार ५११ जनामा कोरोनाको संक्रमण देखा परेको छ । गएको २४ घण्टामा मात्रै ८१ हजार २४० जनामा नयाँ संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमित १२ लाख ४० हजारभन्दा बढीको सफल उपचार भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर डिस्चार्ज हुनेको संख्या १२ लाख ४० हजार ७०५ पुगेको छ । त्यस्तै २२ लाख २५ हजार ७७९ जना उपचारत छन् भने ४९ हजार २५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी अमेरिकामा फैलिएको भाइरस अहिले साढे १२ लाखमा पुगेको छ । गएको २४ घण्टामा मात्रै २४ हजार ७९२ जना नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या १२ लाख ३७ हजार ६२७ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या ७२ हजार २७१ पुगेको छ । अमेरिकाका एकै दिनमा दुई हजार ३५० पुगेको छ भने दुई लाख ६२६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु