गृहपृष्ठ नेपालमा फेरि एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा फेरि एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । आइतबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमित उदयपुर झुल्के निवासी ४३ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । उनका अनुसार संक्रमित महिलाको अवस्था सामान्य रहेको छ । उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु