गृहपृष्ठ विश्वभर ४७ हजार कोरोना संक्रमितको अवस्था ‘चिन्ताजनक’

विश्वभर ४७ हजार कोरोना संक्रमितको अवस्था ‘चिन्ताजनक’

४१ लाख ७८ हजार संक्रमित, १४ लाख ९० हजार डिस्चार्ज

विश्वभरका कोरोना संक्रमितमध्ये ४७ हजारभन्दा बढी व्यक्तिको अवस्था चिन्ताजनक रहेको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार ४१ लाखभन्दा बढी संक्रमितमध्ये ४७ हजार ४० जनाको अवस्था गम्भीर रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार विहानसम्म कोरोना संक्रमितको संख्या ४१ लाख ७८ हजार १५४ पुगेको छ । गएको २४ घण्टामा मात्रै तीन हजार ५१० जनाले ज्यान गुमाएका छन् त्यस्तै ७९ हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ८३ हजार ७३४ पुगेको छ भने १४ लाख ९० हजार ४४४ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये २४ लाख तीन हजार ९७६ जना उपचाररत छन् । सबैभन्दा बढी भाइरस संक्रमण भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या घट्दै गएको छ । केही दिन अगाडि प्रत्येक दिन तीन हजारको हाराहारीमा ज्यान गुमाउदै आएको अमेरिकामा अहिले भने दैनिक ७÷८ सय जनाको ज्यान जाने गरेको स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १३ लाख नाघेको छ । गएको घण्टामा मात्रै अमेरिकामा २० हजार ३२९ जना थप कोरोना संक्रमित फेला परेका हुन् भने एकै दिनमा ७५० जनाको ज्यान गएको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु