गृहपृष्ठ विश्वभर कोरोना संक्रमित १६ लाखभन्दा बढी ‘डिस्चार्ज’
विश्वभर कोरोना संक्रमित १६ लाखभन्दा बढी ‘डिस्चार्ज’
अमेरिकामा ८३ हजार ४२५ को मृत्यु, १४ लाखभन्दा बढी संक्रमित
सांकेतिक तस्बिर
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण १६ लाखभन्दा बढी संक्रमित डिस्चार्ज भएका छन् । बुधबार बिहान मात्रै चार हजार २६७ जनाको सफल उपचार भएपछि डिस्चार्ज हुनेको संख्या १६ लाख दुई हजार १३२ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ८५ हजार ३३५ जना नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ४३ लाख ३७ हजार ६२५ पुगेको हो । गएको २४ घण्टामा मात्रै विश्वभर पाँच हजार ३२० जनाको ज्यान गएको बताइएको छ ।
वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ९२ हजार ४५१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २४ लाख ४७ हजार ३०९ जनाको उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ । त्योमध्ये पनि ४६ हजार ३४० जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको हब जस्तै बनेको अमेरिकामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८३ हजार ४२५ पुगेको छ भने १४ लाख ८ हजार ६३६ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा एक हजार ६३० जनाको ज्यान गयो भने २२ हजार ८०२ जना नयाँ संक्रमित थपिए ।
संक्रमितमध्ये दुई लाख ९६ हजार ७४६ जनाको सफल उपचार भइससेको छ भने १० लाख २८ हजार ४६५ जनाको उपचार भइरहेको छ । त्योमध्ये पनि १६ हजार ४७३ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय ०८:०७ बजे

















