गृहपृष्ठ कोरोना संक्रमित १७ लाख ५५ हजार ‘डिस्चार्ज’, ४५ हजारको अवस्था ‘चिन्ताजनक’

कोरोना संक्रमित १७ लाख ५५ हजार ‘डिस्चार्ज’, ४५ हजारको अवस्था ‘चिन्ताजनक’

एकै दिनमा थपिए ९९ हजार ३९७ संक्रमित, २५ लाख ५८ हजारको उपचार हुँदै

सांकेतिक तस्बिर

विश्वभर कोरोना भाइरस संक्रमित १७ लाख ५५ हजार १४० जना उपचारपश्चात् घर फर्किएका छन् भने २५ लाखभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गत जनवरी २२ देखि विश्वभर फैलँदै आएको कोरोना भाइरस अहिलेसम्म ४६ लाख २१ हजार ४०६ जनामा देखिएको छ । त्योमध्ये २५ लाख ५८ हजार ११२ जना उपचाररत रहेका छन् ।

एकै दिनमा मात्रै ९९ हजार ३९७ जना भाइरस संक्रमण देखिएपछि ४६ लाख भन्दा बढी पुगेको हो । गएको २४ घण्टामा मात्रै पाँच हजार ७२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या तीन लाख आठ हजार १५४ पुगेको हो ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार ४५ हजार ८ जना कोरोना संक्रमितको अवस्था गम्भीर देखिएको छ । सबैभन्दा बढी फैलिएको अमेरिकापछि रसियामा पनि भाइरसको प्रकोप फैलँदै गएको छ ।
रसियामा गएको २४ घण्टामा मात्रै १० हजार ५९८ जनामा नयाँ संक्रमण देखिएपछि संक्रमितको संख्या दुई लाख ६२ हजार ८४३ पुगेको छ ।

रसियामा एकैदिनमा ११३ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या दुई हजार ४१८ पुगेको छ ।
अहिले रसियामा ५८ हजार २२६ जनाको उपचारपछि घर फर्किसकेका छन् भने दुई लाख दुई हजार १९९ जनाको उपचार भइरहेको छ भने २३ सय जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु