गृहपृष्ठ विश्वभर १८ लाख ५६ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

विश्वभर १८ लाख ५६ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

संक्रमितको संख्या ४८ लाख नाघ्यो, तीन लाख ४६ हजारभन्दा बढीको मृत्यु

सांकेतिक तस्बिर

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म १८ लाख ५६ हजार ५६६ जनाको सफल उपचार भएको छ ।

भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै तीन हजार ६१७ जनाले ज्यान गुमाएपछि विश्वभर मृत्यु हुनेको संख्या तीन लाख १६ हजार ५१९ पुगेको हो । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४८ लाख नाघेको । एकै दिनमा ८४ हजार ५०१ जना नयाँ संक्रमित देखिएपछि कूल संक्रमितको संख्या ४८ लाख एक हजार ५१० पुगेको हो । संक्रमितमध्ये २६ लाख २६ हजार १८१ जनाको उपचार भइरहेको छ भने ४४ हजार ८२३ जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी फैलिएको अमेरिकामा भने ज्यान गुमाउनेको संख्या घटेको छ । दैनिक रुपमा २५ सयभन्दा बढी नागरिक गुमाउदै आएको अमेरिकामा अहिले साढे आठ सयसम्म पुगेको छ । अमेरिकामा अहिलेसम्म १५ लाख २७ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ भने ९० हजार ९७८ जनाले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टामा मात्रै अमेरिकामा १९ हजार ८९१ जना संक्रमित थपिए भने ८६५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा कूल संक्रमितमध्ये तीन लाख ४६ हजार ३८९ जनाको सफल उपचार भइसकेको छ भने १० लाख ९० हजार २९७ जना उपचाररत छन् । त्यस्तै १६ हजार ३५५ जनाको अवस्था भने गम्भीर देखिएको स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु