गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८२ हजार नाघ्यो, २० लाखभन्दा बढी ‘डिस्चार्ज’

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८२ हजार नाघ्यो, २० लाखभन्दा बढी ‘डिस्चार्ज’

तीन लाख २९ हजारभन्दा बढीको मृत्यु, साढे ४५ हजारको अवस्था चिन्ताजनक

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ९९ हजार ७२३ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ५० लाख ८२ हजार ६६० पुगेको हो । त्यस्तै बिहीबार बिहानसम्म कोरोना संक्रमित ज्यान गुमाउनेको संख्या पनि निकै बढेको देखिन्छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार एकै दिनमा मात्रै चार हजार ७४० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर तीन लाख २९ हजार २९४ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बुधबारको तुलनामा बिहीबार करिब दुई सयभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २० लाख २० हजार १५७ जनाको सफल उपचार भएको छ भने २७ लाख ३३ हजार २०९ जनाको उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ । त्योमध्ये पनि ४५ हजार ८०३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा गएको २४ घण्टामा मात्रै एक हजार ४६१ जनाले ज्यान गुमाएका छन् भने २१ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा अमेरिकामा १५ लाख ९१ हजार ९९१ जना संक्रमित देखिएका छन् भने ९४ हजार ९९४ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै तीन लाख ७० हजार ७६ जनाको सफल उपचार भइसकेको छ भने ११ लाख २६ हजार ९२१ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि १७ हजार ८१५ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु