गृहपृष्ठ नेपालमा फेरि थपिए १७ जना संक्रमित, झापाको कचनाकवलमा मात्रै १५ जनामा संक्रमण
नेपालमा फेरि थपिए १७ जना संक्रमित, झापाको कचनाकवलमा मात्रै १५ जनामा संक्रमण
नेपालमा कोरोना संक्रमित संख्या ४४४ पुगेको छ । बिहीबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कूल संख्या ४४४ पुगेको जनाएको छ ।
संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन् । संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेरका छन् ।
त्यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन् । संक्रमित पुरूषमा धनकुटा निवासी हुन् । उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन् । उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय ०८:०८ बजे

















