गृहपृष्ठ सुर्खेतमा तीन जनामा कोरोना आशंका, पुनः परीक्षणका लागि बाँके पठाइयो

सुर्खेतमा तीन जनामा कोरोना आशंका, पुनः परीक्षणका लागि बाँके पठाइयो

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तीन जनामा कोरोनाको आशंका गरिएको छ । सुर्खेतमा क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको पिसिआर परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि पुन परीक्षणका लागि बाँकेको नेपालगञ्जमा लगिएको हो ।

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल फर्सन डा. के एन् पौडेलका अनुसार अहिले नै उनीहरुको रिपोर्टलाई पोजेटिभ भन्न नमिल्ने र बेलुकीसम्म पुनः परीक्षणको रिपोर्ट आउने छ । उनीहरुलाई क्वारेन्टाइनबाट प्रदेश अस्पताल कालागाउँको आइशोलेशनमा ल्याइसकिएको पौडेलले बताए ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु