गृहपृष्ठ विश्वभर २२ लाख ४७ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

विश्वभर २२ लाख ४७ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

विश्वभर संक्रमितको संख्या ५४ लाख नाघ्यो, तीन लाख ४३ हजार ७९८ को मृत्यु

सांकेतिक तस्बिर

विश्वभर कोरोना संक्रमित २२ लाख ४७ हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । जनवरी २२ बाट विश्वभर फैलिएको नोबेल कोरोना भाइरसबाट ५४ लाख एक हजार २२२ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि तीन लाख ४३ हजार ७९८ पुगेको छ । संक्रमितमध्ये २८ लाख १० हजार ३२६ जनाको उपचार भइरहेको छ भने ५३ हजार ५६२ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ९८ हजार ६८३ पुगेको छ । त्यस्तै अहिलेसम्म १६ लाख ६६ हजार ८२८ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये चार लाख ४६ हजार ९१६ जनाको सफल उपचार भइसकेको स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै ११ लाख २१ हजार २३१ जनाको उपचार भइरहेको छ  भने १७ हजार १३३ जनाको अवस्था गम्भीर रहेको देखिएको छ ।

सबैभन्दा बढी दोस्रो स्थानमा ब्राजिलमा बढी संक्रमण भएको छ । ब्राजिलमा अहिलेसम्म तीन लाख ४७ हजार ३९८ जनामा संक्रमण देखिएको छ भने २२ हजार १३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये एक लाख ४२ हजार ५८७ जनाको सफल उपचार भएको छ भने एक लाख ८२ हजार ७९८ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उपचार भइरहेका मध्ये पनि ब्राजिलमा आठ हजार ३१८ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु