गृहपृष्ठ कर्णालीमा थप ५ जनामा कोरोनाको आशंका
कर्णालीमा थप ५ जनामा कोरोनाको आशंका
कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोनाको आशंका गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा थप पाँच जनाका कोरोनाको आशंका गरिएको हो । उनीहरुको रिपोर्टलाई थप परीक्षणको लागि नेपालगञ्ज पठाइएको छ ।
दैलेख जिल्लाको क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना परीक्षणमा आशंका देखिएको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतका डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरुमा कोरोना आशंका भएपनि थप पुष्टि हुन भने बाँकी नै रहेको छ ।
प्रकाशित समय ०९:५६ बजे

















