गृहपृष्ठ विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ९६ हजार नाघ्यो, एकै दिन थपिए साढे ९६ हजार संक्रमित

विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ९६ हजार नाघ्यो, एकै दिन थपिए साढे ९६ हजार संक्रमित

विश्वभर ५४ लाख ९४ हजार ४५५ जनामा कोरोना संक्रमण, २२ लाख ९९ हजार ३४५ जनाको सफल उपचार

विश्वभर तीन लाख ९६ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा मात्रै दुई हजार ८२६ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या तीन लाख ४६ हजार ४३४ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म विश्वभर ५४ लाख ९४ हजार ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २२ लाख ९९ हजार ३४५ जनाको सफल उपचार भएको छ भने २८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचार भइरहेका मध्येहरुमा पनि ५३ हजार २२४ जनाको अवस्था गम्भीर रहेको संगठनले जनाएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा प्रकोप देखिएको छ । अमेरिकामा अहिलेसम्म १६ लाख ८६ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने ९९ हजार तीन सयको ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये चार लाख ५१ हजार ७०२ जनाको सफल उपचार भएको छ भने ११ लाख ३५ हजार ४३४ जनाको उपचार भइरहेको छ ।

ब्राजिलमा अहिलेसम्म तीन लाख ६३ हजार ६१८ जना संक्रमित देखिएका छन् भने २२ हजार ७१६ जनाको ज्यान गएको छ । त्यस्तै एक लाख ४९ हजार ९११ जनाको सफल उपचार भइसकेको छ भने एक लाख ९० हजार ९९१ जनाको उपचार भइरहेको जनाइएको छ । त्यस्तै रसियामा पनि संक्रमितको संख्या तीन लाख ४४ हजार ४८१ पुगेको छ भने तीन हजार ५४१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु