गृहपृष्ठ ललितपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु
ललितपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । ललितपुरमा बुधबार साँझ १ जनाको मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको हो ।
ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा ज्यान गएको ललितपुर स्वास्थ्य कार्यालले पुष्टि गरेको छ । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएपछि उनको निधन कोरोना संक्रमणबाट भएको पुष्टि गरेको हो ।
मृतक ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो । भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेतिर उनको मृत्यु भएको र बुधबार साँझ ८ बजे रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
प्रकाशित समय ०७:०२ बजे

















