गृहपृष्ठ गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ पुग्यो
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ पुग्यो
गण्डकी प्रदेशको नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कावासोती नगरपालिका ठेगाना भै सोही नगरपालिका स्थित क्वारेन्टिनमा रहेका २२ र ३६ वर्षीय २ जना पुरुषहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै नवलपुरको बिनय त्रिवेणी गाउँपालिका ठेगाना भै सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका १४ वर्षीय १ जना युवा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निदेशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले बताए ।
संक्रमितलाई नवलपरासी जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको उनले बताए । आइतबारसम्ममा प्रदेशभरका ११ जिल्लामध्ये ६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङकामा कोरोना देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै बागलुङमा ८ जना, स्याङजामा ७ जना, नवलपुरका ९, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।
प्रकाशित समय ०७:२७ बजे

















