गृहपृष्ठ कास्कीमा पहिलो पटक कोरोना फेला, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो
कास्कीमा पहिलो पटक कोरोना फेला, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो
पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीमा ३ जना, स्याङजामा १० जना र बागलुङमा १ थप संक्रमित फेला परेका छन् । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुषमा र पोखरा महानगरपालिकामा ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
त्यस्तै स्याङजाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा. विनोविन्दु शर्माले जानकारी दिए । बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको स्वाबमा नवलपरासीको बिनय त्रिबेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको उनले बताए । नयाँ संक्रमितलाई सम्बन्धित जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय ०७:४१ बजे

















