गृहपृष्ठ फेरि थपिए कास्कीमा कोरोनाका बिरामी, संक्रमितको संख्या ४ पुग्यो

फेरि थपिए कास्कीमा कोरोनाका बिरामी, संक्रमितको संख्या ४ पुग्यो

पोखरा । कास्कीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । पोखराबाट काठमाडौ‌ लगिएका ६० वर्षे पुरुषमा शुक्रबार कोराना पुष्टि भएको थियो ।

शनिबार मात्र कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुषमा र पोखरा महानगरपालिकामा ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । योसँगै कास्कीमा संक्रमितको संख्या ४ पुगेको हो ।

आज बिहान कोराना संक्रमण पुष्टि भएका व्यक्ति पोखराकै भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी पोखराको सिर्जनाचोकस्थित क्वारेन्टाइनमा बस्दै आएका पोखरा महानगर वडा नम्बर २७ का पुरुष हुन् ।

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु