गृहपृष्ठ नेपालमा एकै दिन थपिए ३२३ जना संक्रमित, संक्रमितको संख्या ३२३५ पुग्यो

नेपालमा एकै दिन थपिए ३२३ जना संक्रमित, संक्रमितको संख्या ३२३५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । एकैदिनमा ३२३ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या तीन हजार २३५ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८६ जना पुरूष र ३७ जना महिला संक्रमित थपिएका छन् ।

देवकोटाका अनुसार कोरोना संक्रमणबाट आज मात्रै ३२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ११ पुगेको उनले बताए ।

अहिलेसम्म नेपालमा पिसिआर बिधिबाट ९२ हजार ४७७ जनाको परीक्षण गरिएको छ । आज मात्रै ४ हजार १११ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु