गृहपृष्ठ गण्डकी प्रदेशमा संक्रमितसँगै आएका ३९ जनाको रिपोर्ट नेगेटिभ, संक्रमितको संख्या १४५ पुग्यो

गण्डकी प्रदेशमा संक्रमितसँगै आएका ३९ जनाको रिपोर्ट नेगेटिभ, संक्रमितको संख्या १४५ पुग्यो

गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको देबचुली नगरपालिका नवलपरासी स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नवलपरासी जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।

त्यस्तै पोखरा महानगरपालिका ८ आलुमाइला चोक नजिकै बस्ने ६० वर्षीय पुरुषलाई काठमाडौंमा स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको थियो । ति पुरुषलाई कोरोना पुष्टि भएसँगै स्वास्थ्य निर्देशनालय गण्डकी र पोखरा महानगरपालिकाको समन्वयमा उनको सम्पर्कमा आउनको खोजपड्ताल सुरु गरिएको थियो ।

पोखराको जिएमसी (गण्डकी मेडिकल कलेज) मा उपचारपछि थप उपचारको लागि काठमाडौं पुर्‍याइएका ति पुरुषको सम्पर्कमा आउने अधिकाशं पुरुष हाइप्रोफाइल व्यक्तिहरुको रहेको खुलेको थियो । उनमा कोरोना पुष्टि भएको खबर आएपछि अधिकांश होम क्वारेन्टाइनमा बसेका थिए ।

निर्देशनालयले उनको प्रत्यक्ष सम्पर्कमा आउने ३९ जनाको स्वाब लिएको थियो । संक्रमितको सम्पर्कमा आउने सबैको रिपोर्ट नेजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

विज्ञप्तिसहित

प्रकाशित समय ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु