गृहपृष्ठ महाकाली अस्पताल परिसरमा कोरोना अस्पताल सञ्चालन
महाकाली अस्पताल परिसरमा कोरोना अस्पताल सञ्चालन
संक्रमितको उपचारका लागि तयार क्वारेन्टिन (फाइल तस्बिर)
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० श्ययाको उक्त अस्पतालको आज यहाँ शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भैराखेको बताए ।
‘यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ ।’ उनले भने, ‘अस्पतालमा आउने संक्रमितलाई तिरस्कार गर्नुहुन्न ।’ उनले संक्रमितलाई उच्च मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताए । ‘असाध्यै जटिल अवस्था छ । संसार संक्रमित छ ।’ उनले भने, ‘हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म संक्रमण कम छ ।’
महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्न तयारीमा भइरहेको उनको भनाइ थियो । ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले निर्माणको जिम्मा पाएको थियो । महाकाली अस्पतालले नयाँ संक्रमित भएर आउने बिरामीले नवनिर्मित भवनमा राखिने जनाएको छ । हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना संक्रमित उपचाररत रहेका छन् । (रासस)
प्रकाशित समय १५:०६ बजे

















