गृहपृष्ठ नेपालमा एकै दिन थपिए ४४८ जना कोरोनाका बिरामी, एक जनाको मृत्यु

नेपालमा एकै दिन थपिए ४४८ जना कोरोनाका बिरामी, एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । गएको २४ घण्टामै ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या पाँच हजार ६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार २४ जना महिलासहित ४२४ जना पुरुषमा कोरोना देखिएको हो । योसँगै अहिलेसम्म नेपालमा ४ हजार ७०९ पुरुष र ३५३ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै आज १६ जना डिस्चार्ज भएका छन् भने १ जनाको ज्यान गएको छ । अहिलेसम्म नेपालमा १६ जनाको ज्यान गएको छ भने ८७७ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु