गृहपृष्ठ गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७ पुग्यो
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७ पुग्यो
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश, पर्वत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ६ का १ जना बालक (पुरुष) र वर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्वत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ । उनीहरूहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
त्यस्तै गण्डकी प्रदेश, नवलपरासी जिल्ला, मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई नवलपरासी जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ११ जना निको भएका छन् । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
प्रकाशित समय ०६:५७ बजे

















