गृहपृष्ठ मनाङमा पहिलो पटक कोरोना संक्रमण, गण्डकीमा संक्रमितको संख्या २८९ पुग्यो
मनाङमा पहिलो पटक कोरोना संक्रमण, गण्डकीमा संक्रमितको संख्या २८९ पुग्यो
मनाङमा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका चार जिल्ला नवलपरासीमा १५, तनहुँमा १२, मनाङमा १, गोरखामा १९ जनामा कोरोना संक्रमण भेटिएको छ । नवलपरासीको मध्ये बिन्दु नगरपािकाका वर्ष १७ देखि ४३ उमेरसमूहका पन्ध्र जना पुरुष, गैंडाकोट नगरपालिकामा वर्ष २८ का एकजना पुरुष कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
तेस्तै तनहुँको रिसिङ गाउँपालिकाका २० देखि ४० वर्ष उमेर समूहका ७ जना पुरुष, शुक्लागण्डकी नगरपालिकामा १८ वर्षीय पुरुष, भानु नगरपलिका का २२ देखि ५२ वर्ष उमेर समूहका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।
गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित मध्ये मनाङको १ जना कपिलबस्तुबाट फर्किएका हुन् भने अरु सबै भारतबाट फर्किएको हुन । उनीहरु सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा अहिले सम्म २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:३३ बजे

















