गृहपृष्ठ एकै दिन सर्वाधिक एक लाख ८८ हजार व्यक्तिमा कोरोना पुष्टि, संक्रमितको संख्या ८८ लाख नजिक
एकै दिन सर्वाधिक एक लाख ८८ हजार व्यक्तिमा कोरोना पुष्टि, संक्रमितको संख्या ८८ लाख नजिक
विश्वभर ४६ लाख २५ हजार संक्रमित डिस्चार्ज, ३६ लाख ७० हजारको उपचार हुँदै
विश्वभर कोरोना भाइरसको संख्या ८८ लाख नजिक पुगेको छ । अहिलेसम्मकै एकै दिनमा सबैभन्दा बढी एक लाख ८८ हजार व्यक्तिमा कोरोना देखिएपछि संक्रमितको संख्या ८७ लाख ५७ हजार ७५० पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर चार लाख ६२ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ७६३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या चार लाख ६२ हजार ५१९ पुगेको हो । त्यस्तै कोरोना भाइरस संक्रमणपछि निको हुनेको संख्या पनि ४६ लाख नाघेको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म ४६ लाख २५ हजार ४४९ जना उपचारपछि घर फर्किएका छन् भने ३६ लाख ६९ हजार ७८२ जनाको उपचार भइरहेको छ । त्यस्तै ५४ हजारभन्दा बढीको अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी फैलिएको अमेरिकामा एकै दिनमा ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म अमेरिकामा २२ लाख ९७ हजार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख २१ हजार ४०७ पुगेको छ । ब्राजिलमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा एकै दिन भाइरस संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा मात्रै ब्राजिलमा ५५ लाख २०९ जनामा भाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ४९ हजार नाघेको छ ।
प्रकाशित समय ०९:१५ बजे

















