गृहपृष्ठ गण्डकी प्रदेशमा थप २० जनामा संक्रमण, संक्रमितको संख्या ५४० पुग्यो

गण्डकी प्रदेशमा थप २० जनामा संक्रमण, संक्रमितको संख्या ५४० पुग्यो

गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५४० पुगेको हो ।

गण्डकी प्रदेशको स्याङ्जामा १२ र नवलपरासीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु ६ देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

यीमध्ये ३ जना ७ वर्षीय बालक र १ जना ६ वर्षीया बालिका रहेका छन् । त्यस्तै नवलपरासीको बौदिकाली गाउँपालिकामा ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनीहरू १८ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

संक्रमित सबै भारतबाट आएका हुन् । संक्रमित सबै सम्बन्धित जिल्लाको क्वान्टिनमा रहेका छन् । उनीहरूलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म ५२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु