गृहपृष्ठ गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना, संख्या ७९२ पुग्यो

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना, संख्या ७९२ पुग्यो

गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा भरतपुर अस्पताल र चितवनमा गरिएको परीक्षणमा २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

अहिले गण्डकी प्रदेशभर कोरोना संक्रमितको सख्या ७९२ पुगेको छ । गएको २४ घण्टामा मात्रै गण्डकी प्रदेशको तनहुँमा २, स्याङ्जामा १, बाग्लुङ ९ र नवलपरासीमा २९ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिकामा ३० वर्षीय, ४९ वर्षीय गरी २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भने स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

बाग्लुङको बरेङ गाउँपालिकामा २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपरासीको गैँडाकोट गाउँपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् ।

त्यस्तै कावासोती नगरपालिकामा २५ र ३७ वर्षीय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म १०१ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु