गृहपृष्ठ गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण देखिएको हो ।

शनिवारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ८३८ पुगेको छ । गण्डकी प्रदेशको ३ जिल्ला अन्तर्गत बाग्लुङ ८, स्याङजामा २२ र नवलपरासीमा २ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकामा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङकै कोठेखोला गाउँपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

त्यस्तै स्याङ्जाको पुतली नगरपालिका ४२ वर्षीय पुरुष, वालिङ नगरपालिकामा २६ वर्षीय पुरुष र विरुवा गाउँपालिकामा २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अर्जुन चौपारी गाउँपालिकामा १३ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश निर्देशानालयले जनाएको छ । उनीहरु ८ देखि ४१ वर्ष उमेर समूहका रहेका छन् । जसमा १२ महिने शिशुुु, ८ र ९ वर्षीय बालक रहेका छन् ।

त्यसैगरी नवलपरासिको हुप्सेकोट गाउँपालिकामा २ जना वर्ष २६ र ४० का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आइसोलेसनमा बसीसकेका छन् भने अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म १०१ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु